हामीले उपचार गर्ने समस्याहरू

डा. युजल मान सिंह, MD (मनोचिकित्सा) द्वारा समीक्षा गरिएको · अद्यावधिक: २० सेप्टेम्बर २०२६

काठमाडौंका मनोचिकित्सक डा. युजल मान सिंहले तलका समस्याहरूको उपचार कुलेश्वरस्थित माइन्ड म्याटर्स नेपालमा आमने-सामने र संसारभरका नेपालीका लागि अनलाइन गर्नुहुन्छ। लक्षण र उपचार बुझ्न विषय छान्नुहोस्।

अपोइन्टमेन्ट लिनुहोस् WhatsApp मा बुक गर्नुहोस्

समस्याहरू

उपचार कसरी हुन्छ?

उपचार पूरा जाँच (assessment) बाट सुरु हुन्छ। तपाईंलाई के भइरहेको छ, स्वास्थ्य, निद्रा, परिवार र विगतबारे कुरा गरेर सजिलो भाषामा योजना बनाइन्छ। धेरै समस्या therapy ले मात्र पनि ठीक हुन्छन्। कसैलाई केही समयका लागि औषधि पनि चाहिन्छ। यो हामी सँगै निर्णय गर्छौं, र हरेक चरणमा तपाईं प्रश्न सोध्न सक्नुहुन्छ।

प्रगति नापिन्छ। हरेक session अघि र पछि छोटो mood survey (BMS) भर्नुहुन्छ, ताकि सुधार भइरहेको छ कि छैन हामी दुवैले देख्न सकौं। सुधार भएन भने योजना बदलिन्छ।

हामी कसलाई हेर्छौं?

१३ वर्षमाथिका किशोरकिशोरी, वयस्क, दम्पती र परिवार। कुलेश्वरमा आमने-सामने वा अनलाइन, नेपाली, अंग्रेजी वा हिन्दीमा। १३ वर्षमुनिका बच्चाका लागि बाल मनोचिकित्सक (child psychiatrist) उपयुक्त हुनुहुन्छ।

यो list मा छैन?

काम वा पढाइको तनाव, शोक, रिस, सम्बन्धका समस्या र विदेशमा नयाँ जीवनसँग मिल्न गाह्रो हुँदा पनि हामी सहयोग गर्छौं। तपाईंको समस्या यहाँ छैन भने message गरेर सोध्नुहोस्।

आफूलाई के भइरहेको छ थाहा नभए पनि ठीक छ। अपोइन्टमेन्टका लागि निदान चाहिँदैन। पहिलो सेसनमा पूरा जाँच र सरल भाषामा योजना बनाइन्छ।

हरेक सेसन अघि र पछि BMS मुड सर्भे फारम भर्नु अनिवार्य छ।

संकटमा हुनुहुन्छ? यो क्लिनिकले आपतकालीन सेवा दिँदैन। आफूलाई वा अरूलाई हानि गर्ने विचार आएमा नजिकको अस्पतालको इमर्जेन्सीमा जानुहोस् वा ११६६ (आत्महत्या रोकथाम हेल्पलाइन) मा फोन गर्नुहोस्। विदेशमा हुनुहुन्छ भने त्यहाँको आपतकालीन नम्बरमा फोन गर्नुहोस्।