कुलेश्वर, काठमाडौंको मानसिक स्वास्थ्य क्लिनिक
माइन्ड म्याटर्स नेपाल
मनको उपचार, हरेक कदममा साथ
माइन्ड म्याटर्स नेपाल (Mind Matters Nepal) कुलेश्वर, काठमाडौंको मानसिक स्वास्थ्य क्लिनिक हो। यो दीपा श्रेष्ठ र कन्सल्टेन्ट मनोचिकित्सक डा. युजल मान सिंहले सुरु गर्नुभएको हो। यहाँ मानसिक स्वास्थ्य जाँच, आवश्यक परेमा औषधि, र TEAM-CBT थेरापी पाइन्छ। क्लिनिकमै आएर वा अनलाइनबाट, नेपाली, अंग्रेजी वा हिन्दीमा कुरा गर्न सक्नुहुन्छ।

माइन्ड म्याटर्स नेपालका सेवाहरू
हाम्रो उपचार प्रमाणमा आधारित हुन्छ। उपचारले काम गरिरहेको छ कि छैन भनेर नियमित जाँच्छौं, र तपाईंलाई सम्मानका साथ हेर्छौं।
मानसिक स्वास्थ्य जाँच
तपाईंलाई के समस्या भइरहेको छ, पहिले के-के भयो, निद्रा, शारीरिक स्वास्थ्य, परिवार र काम वा पढाइबारे विस्तारमा कुरा गर्छौं। अन्त्यमा तपाईंको समस्याबारे स्पष्ट बुझाइ र सँगै बनाएको उपचार योजना पाउनुहुन्छ।
औषधि, चाहिएमा मात्र
औषधि चाहिने भए किन चाहियो, के फाइदा हुन्छ, के साइड इफेक्ट हुन सक्छ र कति समय खानुपर्छ भनेर राम्ररी बुझाउँछौं। हरेक फलो-अपमा औषधि फेरि हेर्छौं।
TEAM-CBT थेरापी
प्रमाणमा आधारित, व्यवस्थित कुराकानी थेरापी। हरेक सेसनमा तपाईंको मनको अवस्था नाप्छौं, ताकि के काम गरिरहेको छ भनेर हामी दुवैले देख्न सकौं।
दम्पती र परिवारसँग सेसन
समस्याले तपाईंको सम्बन्ध वा परिवारलाई नै असर गरेको छ भने सँगै बसेर कुरा गर्न सकिन्छ। तपाईं चाहनुहुन्छ भने परिवारका सदस्यलाई पनि साथमा ल्याउन सक्नुहुन्छ।
दोस्रो राय (सेकेन्ड ओपिनियन)
अरू ठाउँमा भएको निदान वा उपचारबारे मनमा शंका छ? तपाईंको इतिहास र रिपोर्टहरू हेरेर हामी स्वतन्त्र राय दिन्छौं।
लिखित रिपोर्ट
मेडिकल रिपोर्ट र मनोचिकित्सकीय मूल्याङ्कन, बीमा दाबीका लागि चाहिने मूल्याङ्कन पनि।
हामी कुन-कुन समस्याको उपचार गर्छौं
किशोरकिशोरी र वयस्कका सामान्यदेखि जटिल मानसिक स्वास्थ्य समस्यासम्म हेर्छौं, जस्तै:
सेसन कसरी बुक गर्ने
बुक गर्नुहोस्
WhatsApp मा म्यासेज गर्नुहोस् वा बुकिङ फारम भर्नुहोस्। म्यासेज जुनसुकै बेला पठाउन सक्नुहुन्छ। फोनचाहिँ नेपाली समय बिहान १० देखि दिउँसो ४ बजेसम्म उठाउँछौं।
पहिलो सेसन
तपाईंलाई के समस्या छ भनेर खुलेर कुरा गर्छौं। सेसन सकिँदा तपाईंले आफ्नो समस्याबारे स्पष्ट बुझाइ र अब के गर्ने भन्ने योजना पाउनुहुन्छ। पहिलो भेटमा के हुन्छ, यहाँ पढ्नुहोस्।
प्रगति हेर्दै जाने
हरेक सेसनअघि र पछि छोटो BMS मुड सर्भे फारम भर्नुहुन्छ। यसले सुधार भइरहेको छ कि छैन भनेर हामी दुवैलाई देखाउँछ। सुधार भएन भने योजना बदल्छौं।

TEAM-CBT मा आधारित उपचार
डा. युजल मान सिंह क्यालिफोर्नियाको Feeling Good Institute बाट प्रमाणित Level 3 TEAM-CBT थेरापिस्ट हुनुहुन्छ। TEAM-CBT व्यवस्थित कुराकानी थेरापी हो। यसमा हरेक सेसनमा तपाईंको मनको अवस्था र थेरापिस्टसँगको तालमेल कस्तो छ भनेर नापिन्छ।
कुलेश्वर, काठमाडौंमा हाम्रो क्लिनिक
क्लिनिकको ठेगाना
माइन्ड म्याटर्स नेपाल
कुलेश्वर आवास सडक
काठमाडौं महानगरपालिका १४
काठमाडौं ४४६००, नेपाल
क्लिनिकमा भेट्न अपोइन्टमेन्ट चाहिन्छ। कृपया आउनुअघि बुक गर्नुहोस्।
समय
म्यासेज जुनसुकै बेला पठाउन सक्नुहुन्छ। फोनचाहिँ नेपाली समय बिहान १० देखि दिउँसो ४ बजेसम्म उठाउँछौं।
धेरैले सोध्ने प्रश्न
माइन्ड म्याटर्स नेपाल कहाँ छ?
माइन्ड म्याटर्स नेपाल कुलेश्वर आवास सडक, काठमाडौं महानगरपालिका १४, काठमाडौं ४४६०० मा छ। अपोइन्टमेन्ट लिएर मात्र भेट हुन्छ, त्यसैले आउनुअघि बुक गर्नुहोस्।
माइन्ड म्याटर्स नेपाल कसले सुरु गर्नुभएको हो?
माइन्ड म्याटर्स नेपाल दीपा श्रेष्ठ र काठमाडौंका कन्सल्टेन्ट मनोचिकित्सक डा. युजल मान सिंहले सुरु गर्नुभएको हो। डा. युजल कुलेश्वरको क्लिनिकमा र अनलाइन दुवै तरिकाले सेवा दिनुहुन्छ।
यो मनोचिकित्सा क्लिनिक हो कि काउन्सेलिङ सेन्टर?
यो कन्सल्टेन्ट मनोचिकित्सक (साइकियाट्रिस्ट) ले चलाउने क्लिनिक हो। त्यसैले जाँच, आवश्यक परेमा औषधि, र कुराकानी थेरापी (TEAM-CBT) एकै ठाउँमा पाइन्छ।
यहाँ कुन-कुन समस्याको उपचार हुन्छ?
डिप्रेसन, एन्जाइटी (चिन्ता) र तनाव, ओसीडी, प्यानिक अट्याक, निद्रा नलाग्ने समस्या, रक्सी र लागुपदार्थको लत, बाइपोलर, आघात (PTSD) र ADHD लगायतका समस्या। दम्पती र परिवारसँग पनि सेसन हुन्छ।
अनलाइन सेसन पनि हुन्छ?
हुन्छ। अनलाइन सेसन Google Meet मार्फत हुन्छ। जुनसुकै देशबाट, तपाईंलाई मिल्ने समयमा लिन सक्नुहुन्छ।
कुन भाषामा कुरा गर्न सकिन्छ?
नेपाली, अंग्रेजी वा हिन्दी, जुनमा तपाईंलाई सजिलो लाग्छ।
माइन्ड म्याटर्स नेपालमा को-को आउन सक्छन्?
१३ वर्ष वा माथिका किशोरकिशोरी, वयस्क, दम्पती र परिवार। १३ वर्षमुनिका बालबालिका हामी हेर्दैनौं।
सेसन कसरी बुक गर्ने?
+977 9851347591 मा WhatsApp गर्नुहोस् वा यो वेबसाइटको बुकिङ फारम भर्नुहोस्। म्यासेज जुनसुकै बेला पठाउन सक्नुहुन्छ। फोनचाहिँ नेपाली समय बिहान १० देखि दिउँसो ४ बजेसम्म उठाउँछौं।
के माइन्ड म्याटर्स नेपालमा आपतकालीन सेवा पाइन्छ?
पाइँदैन। तपाईं खतरामा हुनुहुन्छ वा आफ्नो ज्यान लिने सोच आइरहेको छ भने तुरुन्तै नजिकको अस्पताल जानुहोस् वा स्थानीय आपतकालीन नम्बरमा फोन गर्नुहोस्। नेपालमा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन 1166 मा फोन गर्न सक्नुहुन्छ।
आपतकालीन अवस्थामा। माइन्ड म्याटर्स नेपालमा आपतकालीन उपचार पाइँदैन। तपाईं खतरामा हुनुहुन्छ वा आफ्नो ज्यान लिने सोच आइरहेको छ भने तुरुन्तै नजिकको अस्पताल जानुहोस् वा स्थानीय आपतकालीन नम्बरमा फोन गर्नुहोस्। नेपालमा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन 1166 मा फोन गर्न सक्नुहुन्छ।
पहिलो कदम चाल्न तयार हुनुहुन्छ?
WhatsApp मा एउटा म्यासेज पठाउनुहोस्। तपाईंलाई मिल्ने समय मिलाउन हामी मद्दत गर्छौं।