विदेशमा रहेका नेपालीहरूका लागि मानसिक स्वास्थ्य सेवा

काम वा पढाइका लागि विदेश जानु रमाइलो पनि हुन सक्छ, तर धेरैका लागि यो एक्लो र गाह्रो पनि हुन्छ। लामो ड्युटी, भिसाको चिन्ता, घर पठाउनुपर्ने पैसा, परीक्षा र परिवारको याद, सबै थपिँदै जान्छ। घरमा चिन्ता नपरोस् भनेर धेरैले यो कुरा कसैलाई भन्दैनन्।

तपाईं यो सबै एक्लै सहनु पर्दैन। म काठमाडौंमा रहेको नेपाली मनोचिकित्सक हुँ, र धेरै देशबाट अनलाइन सेसन गर्छु। नेपाली वा अंग्रेजीमा, तपाईंको देशको समय अनुसार कुरा गर्न सकिन्छ।

Your time and Kathmandu time

Where you are—
Kathmandu—Nepal time

विदेशबाट नेपाली मनोचिकित्सक किन?

  • आफ्नै भाषामा खुलेर कुरा गर्न सकिन्छ, विदेशी डाक्टरलाई बुझाउन गाह्रो हुने कुरा पनि।
  • नेपाली परिवार, कामदार र विद्यार्थीले भोग्ने दबाबहरू म बुझ्छु।
  • म आफैं पनि घरदेखि टाढा बसेर काम गरेको छु, त्यसैले यो कति गाह्रो हुन्छ भन्ने बुझ्छु।
  • औषधि चाहिएमा, तपाईं बस्ने ठाउँमै उपचार पाउनुहोस् भनेर त्यहाँको डाक्टरसँग समन्वय गर्न सक्छु।
  • तपाईं चाहनुहुन्छ भने नेपालमा रहेको परिवार सेसनमा जोडिन वा काठमाडौंको क्लिनिकमा आउन सक्छ।

म सहयोग गर्ने सामान्य समस्याहरू

  • लामो ड्युटीको तनाव, थकान र बर्नआउट
  • भिसा, काम र पैसाको चिन्ता, एन्जाइटी र प्यानिक
  • उदास मन र डिप्रेसन
  • एक्लोपन र घरको याद
  • निद्राको समस्या र रातको ड्युटीले बिग्रिएको निद्रा
  • परीक्षा र पढाइको दबाब
  • रक्सीको बानी
  • टाढा बस्दा दाम्पत्य र सम्बन्धमा आउने समस्या
  • घरमा कसैको मृत्यु हुँदा आउन नपाउँदाको शोक

आफ्नो देश छान्नुहोस्

अरू देशमा हुनुहुन्छ? तपाईं पनि बुक गर्न सक्नुहुन्छ। आफ्नो देश र समय बताएर म्यासेज गर्नुहोस्।

आपतकालीन अवस्थामा

अनलाइन सेसन आपतकालका लागि होइन। तपाईं वा अरू कोही खतरामा हुनुहुन्छ भने, अहिल्यै आफ्नो देशको आपतकालीन नम्बरमा फोन गर्नुहोस् वा नजिकको अस्पताल जानुहोस्। हरेक देशको पेजमा त्यहाँको आपतकालीन र सहायता नम्बर दिइएको छ।

धेरै सोधिने प्रश्नहरू

नेपालबाहिर बसे पनि अनलाइन कुरा गर्न सकिन्छ?

सकिन्छ। मेरा धेरै अनलाइन बिरामी विदेशमा बस्नुहुन्छ। सेसन Google Meet बाट हुन्छ, र समय तपाईंको देश अनुसार मिलाइन्छ।

के मैले कम्पनी वा युनिभर्सिटीलाई भन्नुपर्छ?

पर्दैन। कसैको ज्यान खतरामा भएको अवस्थाबाहेक, तपाईंले भनेका कुरा तपाईं र मबीचमै रहन्छ।

नेपालमा रहेको परिवारले मेरो लागि बुक गर्न सक्छ?

सक्छ। परिवारले सम्पर्क गरेर नेपालमै भुक्तानी गर्न सक्छ। तर सहयोग चाहिने व्यक्ति आफैं सेसनका लागि राजी हुनुपर्छ।

मनोचिकित्सककहाँ पहिलो पटक जाँदै हुनुहुन्छ? मनोचिकित्सकसँगको session मा के हुन्छ पढ्नुहोस्, पहिलो भेटदेखि अन्तिमसम्म, धेरैले सोध्ने प्रश्नका छोटा जवाफसहित।